Online Nepal शनिबार, बैशाख १५ २०८१

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक बिदा


मध्यान्तर
  • आइतबार, पुष १ २०८०

  • काठमाडौं । मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको  छ । प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश  आइतबार सार्वजनिक बिदा दिएको हो।

    मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ। मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन्।

    त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन्।

     

    प्रतिक्रिया
    थप समाचार