Online Nepal शनिबार, बैशाख १५ २०८१

चीन भूकम्प : मृत्यु हुनेको संख्या १११ पुग्यो

चीन भूकम्प : मृत्यु हुनेको संख्या १११ पुग्यो


मध्यान्तर
  • मंगलबार, पुष ३ २०८०

  • काठमाडौँ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ ।

    चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ । भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्याएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ । प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजार भन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ । रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार