Online Nepal शनिबार, बैशाख १५ २०८१

गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघ्यो

गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघ्यो


मध्यान्तर
  • बिहिबार, पुष ५ २०८०

  • काठमाडौँ । गत अक्टोबरमा ७ मा इजरायली आक्रमण सुरु भएदेखि डिसेम्बर २० सम्म गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले जनाएको छ ।

    उक्त कार्यालयका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, ६ हजार २ सय महिला छन् । आक्रमणमा ५२ हजारभन्दा धेरै घाइते भएका छन् भने ६ हजार ७ सय जना बेपत्ता भएका छन् ।

    इजरायली हमलामा कूल तीन सय दश चिकित्सा कर्मचारी, ३५ सैन्य कर्मचारी तथा ९७ जना पत्रकारहरूको मृत्यु भएको विवरण थप भएको छ । हमलामा हेब्रोन र बेथलेहेमका वेस्ट बैंक सहरमा इजरायली सैनिकसँगको झडपमा दुई प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

    गत अक्टोबर ७ मा इजरायल–प्यालेस्टाइन द्वन्द्वको दोस्रो चरण सुरु भएदेखि यस क्षेत्रमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइननीको सङ्ख्या ३ सय ३ तीन पुगेको वाफा नामक प्यालेस्टाइनी समाचार संस्थाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार