Online Nepal सोमबार, बैशाख २४ २०८१

वरिष्ठ चिकित्सक डा.गोविन्द केसी पक्राउ

वरिष्ठ चिकित्सक डा.गोविन्द केसी पक्राउ


मध्यान्तर
  • शनिबार, पुष २१ २०८०

  • काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसी माइतीघर मण्डलबाट पक्राउ परेका छन् ।

    विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    सरकारले माइतीघर मण्डललाई निधेषित क्षेत्र तोकेको छ । तर, केसीले नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत्त अधिकार फिर्ता गर्नु पर्ने भन्दै प्रदर्शनमा उत्रिए ।

    उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउनुपर्ने लगायत माग राखेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार