Online Nepal आइतबार, बैशाख २३ २०८१

अमेरिकाको आइटी कम्पनीले अष्ट्रेलियामा आइटी पढाउंने

अमेरिकाको आइटी कम्पनीले अष्ट्रेलियामा आइटी पढाउंने


मध्यान्तर
  • मंगलबार, माघ ९ २०८०

  • यतिबेला तपाई अष्ट्रेलियामा हुन हुन्छ ? अनि आइ टि पढ्दै हुनुहुन्छ र यसमै आफ्नो करिएर बनाएर अगाडि बढ्ने योजना र सोचमा हुनुहुन्छ भने तपाईहरूको योजना र सोचमा अब सिलिकन भ्याली टेक ऐकेडेमी सहयोगी बन्न सक्छ ।

    यसको लागि तपाईहरूले फ्रेबुअरी २४ तारेखका दिन देखी सिड्नीको पारामाटामा रहेको सिलिकन भ्याली टेक ऐकेडमीमा सम्पर्क गर्नु सक्नु हुने छ ।जहां तपाईहरूलाई

    अमेरीकाको सिलिकन भ्यालीमा काम गरेका तालिम प्राप्त ट्रेनरहरूले आइटी सम्बन्धी पढाउने छन् । कक्षामा आइटी कम्पनीमा काम कसरी हुन्छ ? आइटीको विधामा काम कसरी हुन्छ र त्यो विधामा कसरी रोजगारी पाउन सकिन्छ र सजिलो हुन्छ भन्ने उद्देश्यले यो कार्यक्रमको। आयोजना गर्न लागिएको जानकारी दिइएको छ । वल्ड क्लास आइटी ट्रेनिङ्ग करियर कोचिङको रूपमा यो कार्यक्रम अगाडि बढाउन लागिएको हो ।

    यो पहिलो पटक अष्ट्रेलियामा अमेरिकन उच्च स्तरको ट्रेनिंग हुन लागेको हो । यो ट्रेनिंगमा अमेरिकाका बिभिन्न बिश्व चर्चित ट्रेनरहरू आएर करिएरका बारेमा शिक्षा दिने भएका छन । बिध्यार्थाहरूले त्यस दिन यी ट्रेनरहरूलाई आइटीका बारेमा बिभिन्न प्रश्नहरू सोध्न सक्ने छन भने बिश्व चर्चित ट्रेनरहरूबाट प्राप्त गर्न सकिने यस्तो ज्ञान लिन पाईने अबसरलाई नछोड्न आग्रह गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार