Online Nepal सोमबार, बैशाख २४ २०८१

टिचिङमा पहिलोपटक नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण

टिचिङमा पहिलोपटक नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण


मध्यान्तर
  • बिहिबार, माघ १८ २०८०

  • काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा नेपालमै पहिलोपटक नेपाली चिकित्सककै अगुवाईमा कलेजो प्रत्यारोपण गरिएको छ।

    कलेजो प्रत्यारोपण सर्जन डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वमा त्रिविका चिकित्सकहरुले पहिलोपटक नेपाली डाक्टरले कलेजो प्रत्यारोपण गरेका हुन्।

    डा. भण्डारी नेतृत्वको नेपाली चिकित्सकहरुको टिमले गत पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो।

    ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन्। यसअघि नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरुले सघाउँदैं आएका थिए। तर, नेपाली चिकित्सककै अगुवाईमा नेपाली चिकित्सक टिमले विदेशी चिकित्सकको सहयोगबिना गरेको यो पहिलो कलेजो प्रत्यारोपण हो।

    डाक्टर भण्डारीले आफू यो ऐतिहासिक अवसरमा प्रमुख प्रत्यारोपण सर्जनको भूमिका निभाउन पाएको गौरवको अनुभूति भएको उल्लेख गरेका छन्। कलेजो दान गरेकी ४० वर्षीय महिला १० दिनमा डिस्चार्ज भएकी थिइन्। कलेजो प्रत्यारोपण गरिएका बिरामीलाई भने २० दिनमा बिहीबार डिस्चार्ज गरिने डाक्टर भण्डारीले जानकारी दिए।

    सबै पूर्वाधार तयार भएपछि १७ जेठ २०७६ मा त्रिविले पहिलो कलेजो प्रत्यारोपण गरेको थियो। यसअघि त्रिवि शिक्षण अस्पतालमा १० वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन्।

    प्रतिक्रिया
    थप समाचार