Online Nepal शनिबार, बैशाख १५ २०८१

सिड्नीका कल्याण खड्काले सुनकोशी गाउँपालिकाको भबनका लागि १० लाख सहयोग गर्ने

सिड्नीका कल्याण खड्काले सुनकोशी गाउँपालिकाको भबनका लागि १० लाख सहयोग गर्ने


मध्यान्तर
  • आइतबार, फाल्गुन ६ २०८०

  • काठमाडौं । प्रबासमा रहेर पनि आफ्नो जन्मभूमिको लागि केही साथ दिउ र सहयोग गरौं भन्ने उद्देश्य बोकेर यतिबेला सिड्नीबाट कल्याण खड्का लागि परेका छन ।

    अष्ट्रेलियाको सिडनीमा कानुनी पेशामा कहलिएका कल्याणको जन्म गाउँ सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका हो भने त्यहाँ गाउँ पालिकाको आफ्नै भबन बन्छ भने उनले सिड्नीबाट १० लाख सहयोग गर्ने भएका छन । अहिलेसम्म गाउंँ पालिकाको आफ्नै भबन नभएका कारण खाडी चौरमा रहेको गाउं पालिकाको भबन बर्षौ देखी भाडामा बस्दै आइरहेको छ । सुनकोशी गाउँपालिकाको भबन सुनखानी गाउँमा सार्नु पर्ने जोडदार माग उठिरहेको अबस्थामा यदि गाउं पालिकाको भबन सुनखानी गाउँमा सर्छ भने सिडनीबाट खड्काले पालिकाको भबन निर्माणका लागि शुरूमा दश र आबश्यक परेका थप रकम पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

    -‘ भाडा तिरेको भबनमा बसेर प्रशासनिक काम गर्नु भन्दा आफ्नै भबन हुनु पर्छ भन्ने धेरैको माग छ । यो माग नाजायज पनि होइन । जायज़ र सकारात्मक यो मागलाई मैले आफ्नो तर्फबाट सकेको साथ र सहयोग गर्ने बाचा गरेको हो -‘ कल्याण खड्काले बताएका छन ।

    प्रतिक्रिया
    थप समाचार