Online Nepal आइतबार, बैशाख १६ २०८१

त्रिविको उपकुलपतिमा प्रा.डा.केशरजंग बराल नियुक्त

त्रिविको उपकुलपतिमा प्रा.डा.केशरजंग बराल नियुक्त


मध्यान्तर
  • बिहिबार, फाल्गुन १० २०८०

  • काठमाडौं । त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीवार डा.बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

    उपकुलपति सिफारिस समितिले सिफारिस गरेका तीनजनामध्येबाट कुलपति समेत रहेका प्रधानमन्त्रीले बराललाई नियुक्त गरेका हुन् ।

    त्रिविमा पहिलोपटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति चयन गरिएको हो । शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारिस समितिले फागुन ६ गते तीन जनाको नाम सिफारिस गरेको थियो ।

    उपकुलपतिका निम्ति परेका ४३ आवेदनमध्येबाट चित्रबहादुर बुढाथोकी, प्रा.डा.केशरजंग बराल र प्रा.डा. टंकनाथ धमला सिफारिस भएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार