Online Nepal बुधबार, बैशाख १९ २०८१

सुनको मूल्य इतिहासमै उच्च , कतीमा हुँदैछ कारोबार

सुनको मूल्य इतिहासमै उच्च , कतीमा हुँदैछ कारोबार


मध्यान्तर
  • मंगलबार, फाल्गुन २२ २०८०

  • काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । गत पुस १२ गते बिहीबार सुनको मूल्य एक लाख २२ हजार रुपैयाँ पुगेको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार ४०० सय रुपैयाँ रहेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक लाख २१ ह्जार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार ४४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार