Online Nepal शनिबार, बैशाख १५ २०८१

सुनको भाउले बनायो नयाँ ऐतिहासिक रेकर्ड

सुनको भाउले बनायो नयाँ ऐतिहासिक रेकर्ड


मध्यान्तर
  • बिहिबार, फाल्गुन २४ २०८०

  • फाइल तस्बिर

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १५ सयले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको हो ।

    मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो । आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

    चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।

    प्रतिक्रिया
    थप समाचार