Online Nepal शनिबार, बैशाख २२ २०८१

ललितपुरको नागबहालमा सम्यक महादान सम्मपन्न

ललितपुरको नागबहालमा सम्यक महादान सम्मपन्न


मध्यान्तर
  • शुक्रबार, चैत्र २ २०८०

  • काठमाडौं । ललितपुरको नागबहालमा सम्यक महादान सम्मपन्न भएको छ।
    प्रत्येक ४ वर्ष पूरा भई पाँच वर्ष लाग्दा शुरू हुने सम्यक महादान पर्व बुधबारदेखि सुरू भई बिहीबार सम्मपन्न भएको छ।

    फागुन शुक्ल तृतीयाको दिन आयोजना हुने यो पर्व लाई इल्हने सम्यक अर्थात् ‘दिपंकर पर्व’ को नामले समेत प्रचलित छ। दुई दिन लामो शताब्दी औं पुरानो परम्परा ललितपुरको नागबहालमा आयोजित हुने गर्छ, जहाँ दीपंकर तथागत (विगतका बुद्ध मध्ये एक) को सयौं मूर्तिहरू पूजाका लागि भेला हुन्छन्।

    यस दिन उपस्थि १३२ तथागत, सम्रक्षक, भिक्षु र बौद्ध उपासक उपसिकाहरुलाई दान दक्षिणा लगायत विभिन्न प्रकारका वस्तुहरू दान दिने गर्छन्। काठमाडौंको दरबार स्क्वायर र स्वयम्भूको भुइँखेलमा १२ वर्षमा एकपटक सम्यक मनाइन्छ भने भक्तपुरमा यो पर्व हरेक वर्षमा मनाइन्छ।पहिलो सम्यक महादान नेपाल संवत् १३५ (सन्१०१५) मा भएको वंशावलीमा उल्लेख छ ।

    पर्वको दोस्रो दिन (बिहीबार) विशेष पूजा, महाद्वीप प्रज्वलन,महादान कार्य हून्छ। महादान कार्य बिहीबार साँझ ४ बजेसम्म हुनेछ।

    काठमाडौं, भक्तपुर, कीर्तिपुर, चोभारबाट विभिन्न विहारहरूमा रहेको दिपंकर बुद्धहरू, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा का साथ स्थापना गरेका भली, भारोहरुको मूर्तिहरूलाई पनि सम्मान गरी पूजाआजा दान प्रदान गरिन्छ।
    यसदिन उपत्यका का मात्र नभई बाहिरी जिल्लाबाट पनि दीपंकर बुद्धको दर्शन गर्न लाखौं भक्तजनहरु आउने गर्दछन्।

    प्रशन्न शाक्य

    प्रतिक्रिया
    थप समाचार