Online Nepal बिहिबार, बैशाख २० २०८१

कोका–कोलाले नेपालको लागि बनायो ’द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वल्र्ड रेकर्ड

कोका–कोलाले नेपालको लागि बनायो ’द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वल्र्ड रेकर्ड


मध्यान्तर
  • आइतबार, चैत्र ४ २०८०

  • काठमाडौं । कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ ।

    शुक्रबार कोका–कोलाले काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको जनाएको हो । ‘काठमाडौँ इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेको कोका–कोलाले जनाइएको छ ।

    हायात रेजेन्सी ग्राउन्डमा ५०० जना भन्दा बढी सहभागीहरूलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएर ‘द लार्जेस्ट मोमो पार्टी’ गरिएको हो । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरुलाई समेत कार्यक्रममा उपस्थित गराइएको थियो ।

    कोका–कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यसकुराको साक्षी बन्न पुगेको कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले बताइन् । उनले भनिन्, ‘परिकारहरुको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौं ।’

    त्यस्तै, कोका–कोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणालाई आत्मसात गर्न लगातार नौ वर्षदेखि मोमो उत्सव अभियान आयोजना गर्दै आएको छ । नेपाली जनताको मोमोप्रति अटुट स्नेह र चीसो कोकको बोतलको साथ तातो–तातो मोमोको जोडीले सबैलाई मोहित गर्ने कम्पनीको विश्वास छ ।

    कोका–कोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गिनिज वल्र्ड रेकर्ड उपाधि हासील गरेको जनाइएको छ ।

    प्रतिक्रिया
    थप समाचार