Online Nepal सोमबार, बैशाख २४ २०८१

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट


मध्यान्तर
  • बुधबार, चैत्र ७ २०८०

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ३.३४ अंकले घटेर दुई हजार ६३ दशमलव ९५ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज ३ अर्ब ४९ करोड ६२ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९४ वटाको बढेको छ भने १४७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज २ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बुद्धभुमी नेपाल हाइड्रोपावर लिमिटेड र गोर्खाज फाइनान्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

    आज बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.३२ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार