Online Nepal आइतबार, बैशाख १६ २०८१

रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा

रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा


मध्यान्तर
  • बिहिबार, चैत्र ८ २०८०

  • काठमाडौँ । स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जो एन ५३ ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक मूल्य सहितको यस रियलमी नार्जो एन ५३ को जम्मा मुल्य १७,९९९ रूपैयाँ रहेको कम्पनीले जनाएको छ ।

    ५० मेगापिक्सलको (एआई) पछाडिको मुख्य क्यामेरा रहेको नार्जो एन ५३ मा सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ । ५००० एमएएचको ब्याट्री रहेको यस स्मार्टफोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकोले ३१ मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ ।

    ७.४९ एमएम मोटाइ भएको नार्जो एन ५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्यको एक रहेको दाबी गरेको छ भने यस स्मार्टफोनको लम्बाई १६७।३ एमएम, चौडाई ७६.७ एमएम र तौल १८२ ग्राम रहेको छ । फिङ्गर सेन्सर पावर बटनमा रहेको यस फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्टसमेत रहेको छ ।

    युनिसक टाइगर टी ६१२ चीपसेट रहेको यस नार्जो एन ५३ मा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ । त्यसैगरी चिपसेटमा १२ एनएम प्रोसेस नोड र .८ गिजाहर्ज पावरसहित ग्राफिक्सका लागि माली जी–५७ जीपीयू रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार