Online Nepal सोमबार, बैशाख २४ २०८१

शेयर बजारमा १५.३७ अंकको गिरावट

शेयर बजारमा १५.३७ अंकको गिरावट


मध्यान्तर
  • बिहिबार, चैत्र ८ २०८०

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १५.३७ अंकले घटेर दुई हजार ४८ दशमलव ५७ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज ४ अर्ब ३१ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४८ वटाको बढेको छ भने १८८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, सर्वोतम सिमेन्ट लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।

    आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार माछापुच्छ्रे बैंक लिमिटेडको प्रमोटर शेयरको भएको छ । आज यस कम्पनीको १ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार