Online Nepal शनिबार, बैशाख १५ २०८१

रुसको कन्सर्ट हलमा गोलि चल्दा कम्तिमा ६० जनाको मृत्यु, १४५ भन्दा बढी घाइते

रुसको कन्सर्ट हलमा गोलि चल्दा कम्तिमा ६० जनाको मृत्यु, १४५ भन्दा बढी घाइते


मध्यान्तर
  • शनिबार, चैत्र १० २०८०

  • काठमाडौं । रुसमा गोलि चल्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ । एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएको छ । उक्त हमलामा परी १४५ भन्दा बढी घाइत भएका छन् ।

    शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको छ । आक्रमणमा कम्तिमा पाँच बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए ।

    बीबीसीका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ। कन्सर्टअघि हलमा भेस बदलेर पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि भागदौड मच्चिएको थियो । हमला गरिएको भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ । घटनास्थलको बेसमेन्टबाट सुरक्षाकर्मीले करिब एक सय जनाको उद्धार गरेका छन् ।

    इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह आईएसआईएलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र बन्दुकधारीहरू भागेको बताएको छ।

     

     

    प्रतिक्रिया
    थप समाचार