Online Nepal आइतबार, बैशाख १६ २०८१

अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु


मध्यान्तर
  • सोमबार, चैत्र १२ २०८०

  • काठमाडौँ । अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

    मेल्लेख गाउँपालिकामा सोमबार बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएको परिचय खुलिसकेको छैन ।

    घाइते भएका दुई जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    विस्तृत विवरण आउन बाँकी छ ।

     

    प्रतिक्रिया
    थप समाचार