Online Nepal शनिबार, बैशाख १५ २०८१

ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर जनकपुरमा एक महिलाको मृत्यु

ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर जनकपुरमा एक महिलाको मृत्यु


मध्यान्तर
  • मंगलबार, चैत्र १३ २०८०

  • काठमाडौँ । जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाकाले जनाएको छ ।

    उनलाई आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो ।

    उपचारको लागि न्यूरो हस्पिटलमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताए ।

    शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार