Online Nepal शनिबार, बैशाख १५ २०८१

नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य

नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य


मध्यान्तर
  • मंगलबार, चैत्र १३ २०८०

  • काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० क्रिकेट खेलमा नेपालले १ सय ९९ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने क्रममा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ९८ रन जोड्यो ।

    नेपालका गुल्सन झाले ३२ बलमा ४६ र कुशल मल्लले १३ बलमा ३४ रन जोडे । रोहित पौडेलले २४ बलमा ३३ र कुशल भुर्तेलले १६ बलमा २५ रन जोडे। सन्दीप जोराले पनि १० बलमा २१ रन बनाए । गुल्सन र रोहितबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो ।

    नेपालका आसिफ शेख ११ र अनिल शाह १२ रन बनाएर आउट भए । विवेक यादव ७ रनमा अविजित रहे ।

    यसअघि पहिलो खेलमा नेपाल सोमबार ६ विकेटले विजयी भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार