Online Nepal शनिबार, बैशाख १५ २०८१

पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या

पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या


मध्यान्तर
  • बुधबार, चैत्र १४ २०८०

  • काठमाडौं । पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या भएको छ।  रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो।

    मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको प्रहरीले जनाएको छ ।

    दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको छ ।

    मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी हुन्। उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्। प्रहरीका अनुसार अनुसन्धानको लागि भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ।

    प्रतिक्रिया
    थप समाचार