Online Nepal शनिबार, बैशाख १५ २०८१

नेप्सेमा १०.८३ अंकको गिरावट

नेप्सेमा १०.८३ अंकको गिरावट


मध्यान्तर
  • बुधबार, चैत्र १४ २०८०

  • काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १०.८३ अंकले घटेर दुई हजार ३० दशमलव ८६ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५१ वटाको बढेको छ भने १८८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सर्वोतम सिमेन्ट लिमिटेड र हिमालयन ८०–२० रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

    आज कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.६६ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको ९ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार