Online Nepal मंगलबार, जेष्ठ १ २०८१
टी–२०

टी–२० सिरिजः नेपाललाई इतिहास रच्ने ठुलो अवसर

टी–२० सिरिजः नेपाललाई इतिहास रच्ने ठुलो अवसर

नेपाली टिममा अहिले युवा खेलाडीहरुको वर्चश्व


मध्यान्तर
  • आइतबार, माघ २० २०७५

  • काठमाडौं । नेपाल र युएईबीच जारी टी–२० सिरीजमा नेपाललाई अर्को ठुलो अवसर मिलेको छ । आईतबार हुने खेलमा नेपालले जित्न सक्यो भने नेपालका लागि यो अर्को ईतिहास बन्ने छ ।

    तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरीज आफ्नो पक्षमा पारिसकेको छ । टी–२० सिरिज १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरीज बराबरी बनाएको छ ।

    दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा आइतबार दिउँसो पौने तीन बजे हुने खेल नेपालले जित्नसके पहिलो टी–२० अन्तर्राष्ट्रिय उपाधि जित्ने छ । नेपालले यही मैदानमा एक दिवसीय सिरीज जितेको थियो । नेपालले टी–२० सिरिज पनि जितेर इतिहास बनाउने लक्ष्य रहेको छ भने यूएई घरमै एक दिवसीय सिरीज गुमाएको पीडा बिर्सिएर टी–२० सिरीज जोगाउने लक्ष्यमा छ ।

    नेपाली टिममा अहिले युवा खेलाडीहरुको वर्चश्व रहेको छ । यूएई भ्रमणमा अनुभवी खेलाडीको प्रदर्शनबाट उत्साहित हुने ठाउँ छैन ।

    त्यसैगरी नेपालले ओपनिङ र विकेट किपिङमा अपेक्षाकृत सफलता हात पारेको छैन । तर पनि युवा खेलाडीहरुले डेब्यू खेलमा नै राम्रो प्रदर्शन गरेका छन् । ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र सन्दीप जोराले आफूलाई उत्कृष्ट युवा ब्याट्सम्यान प्रमाणित गरिसकेका छन् । रोहितले कम उमेरमा अर्धशतक बनाउने नयाँ विश्व रेकर्ड बनाएका छन् भने जोराले टी–२० मा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड कायम गरिसकेका छन् ।

    टी–२० सिरीजमा ओपनर ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न नसेके पनि मध्यक्रमका ब्याट्सम्यानका तथा बलरहरुको प्रदर्शन उत्कृष्ट हुँदै आइरहेको छ । टी–२० सिरिजमा नेपालले यूएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरीजमा पनि जित हुनेछ ।

    यो पनि पढ्नुहोस्

    पारससहित २ जना आउट

    टी–ट्वान्टि शृङ्खलाः नेपाललाई १ सय ८ रनको लक्ष्य

    प्रतिक्रिया
    थप समाचार