Online Nepal शनिबार, बैशाख २२ २०८१

एनआईसी एशिया बैंकले भाइबर कम्युनिटीमार्फत ‘क्विज’ प्रतियोगिता गर्दै

एनआईसी एशिया बैंकले भाइबर कम्युनिटीमार्फत ‘क्विज’ प्रतियोगिता गर्दै


मध्यान्तर
  • बुधबार, भाद्र २४ २०७७

  • काठमाडौं ।  एन आई सी एशिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण ‘NIC ASIA Quiz’ योजना सार्वजनिक गरेको छ ।  बैंकका ग्राहक तथा अन्य महानुभावहरूले बैंकको भाइबर कम्युनिटीमार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्नेछन्  । यस मार्फत २०७७ भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ ।

    यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरू मध्येबाट सहभागी महानुभावहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्नुहुने र जति धेरै सही जवाफ दिनुहुन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्ताभित्र विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था समेत  गरेको छ ।यस योजनामा सहभागी भई सही जवाफ दिनुहुने एक जनालाई रिचार्जरको तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ ।

    त्यसैगरी पालसोनिकको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड इन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र YASUDA को तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ । साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिनुहुने ५ जना भाग्यशालीलाई LG को तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई रू. ५०० बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिनेछ ।

    यस योजनामा सहभागी भई सही जवाफ दिनुहुने एक जनालाई रिचार्जरको तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ ।  मोबाईल रिचार्ज सुविधा प्रदान गरिनेछ । भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले Viber App खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको NIC ASIA Quiz योजनामा सहभागीता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको  छ ।

    प्रतिक्रिया
    थप समाचार