Online Nepal बिहिबार, बैशाख २० २०८१

नेपालको ऐतिहासिक सांस्कृतिक विविधतामा नाग पञ्चमीको वैज्ञानीक धारणा

नेपालको ऐतिहासिक सांस्कृतिक विविधतामा नाग पञ्चमीको वैज्ञानीक धारणा


सञ्जीव कुमार श्रेष्ठ
  • शनिबार, साउन १० २०७७

  • काठमाडौं । नेपाल एक देव भूमी र तपो भूमि पनि हो । परापूर्व काल देखी ऋषी मुनीहरु तपस्या गरी अमृत्व प्राप्त गर्दथें भने अहिले पनि नेपालको रहस्यमय धेरै ठाउँमा ऋषी मुनी द्धारा अद् भूतिय शक्तिको निशाना छाडेर गएको अवशेष अझैं पनि प्रमाणीक रुपमा रहेको हामीहरुले पनि धेरै ठाउँमा पाउँदछौं ।
    हाल नेपालमा त्रेतायुगका स्वामी नेपालमा जन्मेको भन्ने कुरा जुन प्रधानमन्त्री ज्यू बाट भन्नु भयो त्यो कारण आज पनि चितवनको अयोध्यापूरी, माडी, थोरी लवकुश जन्मेर हुर्केको ठाउँ, ऋषी वाल्मीकि कुठी, देवघाट हाल बेद सिकाउने थलो रहेको छ जहाँ सिता माताले आफ्नो देह यस धर्तीमा समाहीत गरेको ठाउँ जहाँ नेपाल सरकारले अहिले सम्म कुनै पनि ध्यान जान सकेको छैन । वास्तवमा यस्तो ऐतिहासिक सांस्कृतिक धरोहर दश हजार वर्ष अगााडी परा पूर्वकालदेखीको अहिले पनि धेरै ठाउँमा जीवितै रहेपनि नेपाल सरकारले अहिले पनि कुनै पनि कार्य अगाडी बढाउन नसकेको देख्दा यो नेपाली भूमी र नेपाली जनतामा पनि ऐतिहासिक , सांस्कृति महत्वको कुरा बुझ्न नसकेको कारण आज यस्तो ओझेलको स्थितीमा पु्ग्न गई नेपालको यस्तो र्दुभाग्यपूणर् स्थिती रहेको भन्न सकिन्छ ।
    चाडपर्वलाई धर्मसंग मात्र नजोडेर संस्कार संग जोड्ने हो भने अझैं नाग पञ्चमी जस्तो चाडपर्वहरुले अझैं धनी बनाउँदछ । आज जमिनमा घस्रेर हिड्ने जीवलाई सम्झेर पूजा आर्चना गर्ने दिन हो । वास्तवमा नाग भन्ने वित्तीक्कै घस्रेर हिड्ने सर्प जातीका जीवलाई सम्झीद छौं । यो वास्तवमा वातावरणको सम्बन्धमा गरिने वनस्पति तथा जन्तुको अध्ययन गर्ने विषयमा धेरै महत्व विषयको कुरा अझैं हामीले बुझ्न सकेका छैनौं । सर्पजातीले यस धर्तिमा रहेको विषलाई आफु तिर समायोजन गरी यस धर्तीलाई गति प्रदान गरेको हुन्छ त्यो धेरै अनुसन्धान गरे पश्चात वैज्ञानीकहरुले किरा, फट्यांग्रा, भ्यागुता, सर्प प्राकृतिक पर्यावरणमा चक्रिय प्रणाली मानव जीवनको सहजीकरण जीवनयापन गर्न यसले विशेष प्रकारको टेवा पुर्‍याएको हुँदा प्राकृतिक पर्यावरणको महत्वको साथ बुझ्न सक्दछौं । प्राकृतिक पर्यावरणको घनिष्ठ सम्बन्ध रहेको मानिसको सहजीकरण  जीवनयापनले सांस्कृतिक चाडपर्व मनाउन थालीएको हुँदा आज सवै प्रजातीको सुरक्षा गरेको हुँदा नाग पञ्चमी मनाउँदै आएको देखिन्छ ।
    परा पूर्वकालमा फर्किने हो भने नाग भन्नाले शिव, विष्णु, कृष्ण, गणेश विभिन्न इत्यादी देउता संग पनि सम्बन्ध भएकोले नाग पञ्चमीको धार्मीक, सांस्कृतिक संग सम्बन्धले अझ हिन्दु सनातन धर्ममा अझै प्रगाढ झल्केको देखिन्छ । हामीले पूजाआजा गर्ने नागको अष्ठमुखी नाग आज पनि कल्पनाकै विषय छ । जुन आज त्यो अहिले विलुप्त भएर गएको र चाखको विषयमा रहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार