दरबारकाे महल हैन सरकार घरबार चाहियो,
जहिले पारिवारिक दुःख, सुख साट्न पाइयोस् ।
अस्पताल हैन सरकार स्वास्थ्य सेवा चाहियो,
अहिले निर्धक्क स्वस्थ निराेगी बन्न पाइयोस् ।
धनीलाई हेर्ने हैन सरकार गरीब हेर्ने चाहियो,
सबै वर्गमा न्याय समानता छ बाेल्न पाइयोस् ।
राष्ट्रघाति हैन संविधानकाे मर्म बुझ्ने चाहियो ,
विधि पद्धतिमै चलेकाे राज्य छ खाेल्न पाइयोस् ।
रेल, मनाेरेल हैन सरकार पक्की बाटाे चाहियो ,
जसरी नि गन्तव्यम सहज रूपमा पुग्न पाइयोस् ।
सैद्धान्तिक शिक्षा हैन व्यवहारिक शिक्षा चाहियो ,
यसरी माटो सुहाउँदो कृषि क्रान्ति गर्न पाइयोस् ।
कल्पना रम्ने सरकार हैन यथार्थमै गर्ने चाहियाे ,
जब सुखी नेपाली समृद्ध नेपाल भन्न पाइयोस् ।
धेरै ढाेंग गर्ने सरकार हैन सुकार्य गर्ने चाहियो ,
तब विकासको मुल फुटी खुसी बाड्न पाइयोस् ।
घर गाडीमै भुल्ने हैन जन भावना बुझ्ने चाहियो ,
गरीब दुःखीले पीर मर्का साटासाट गर्न पाइयोस् ।
घरघरमै ग्यास हैन सरकार सहज सुलभ चाहियो ,
सस्तो सरल मूल्यमा किन्न पाइन्छ भन्न पाइयोस् ।
नातेदार पाेस्ने हैन सरकार स्वच्छ नियुक्ति चाहियो ,
संविधान नीति विधिकाे सुशासन छ लेख्न पाइयोस् ।
एकात्मक राज्य हैन सरकार बहुलवाद सत्ता चाहियो ,
जाति, धर्म, भाषी र संस्कृति मिलेका देख्न पाइयोस् ।
अपराधी पुज्ने हैन सरकार पीडितलाई न्याय चाहियो ,
बाेल्न नसक्ने असहायले न्याय महसुस गर्न पाइयोस् ।
नक्सा मात्र फेर्ने हैन सरकार भूमि पनि फिर्ता चाहियो ,
लिपुलेकका जनताले साच्चिकै नेपाली भन्न पाइयोस् ।
पानी जहाज हैन सरकार राम्रो हवाइजहाज चाहियो ,
जहाजमा यात्रा गर्दा सुरक्षित छ भन्दै चढ्न पाइयोस् ।
युरेनियम हैन सरकार पेट्रोल डिजेल मट्टीतेल चाहियो ,
अब लाइनमा बस्नु पर्दैन सहज छ भन्दै भर्न पाइयोस् ।
बहुमत बदर हैन जन भावनाको कदर गर्ने चाहियो ,
अापसी कैयौं हाम्रा निर्णय सदर हुन्छ भन्न पाइयोस् ।
असक्षम सभासद, मन्त्री हैन सरकार सक्षम चाहियो ,
हाम्रो राज्यसत्ता हाक्ने कुशल दक्ष छन् भन्न पाइयोस् ।