हर्षित सारा बस्ती बस्तीमा तरङगित
भुसका थुप्रामा सल्किएको आगो सरि
अजर आफ्नो यात्रामा क्षेप्यास्त्र प्रहार गरि
दुस्मनका निर्दोष आत्मामा रहस्यमय
विध्वंस युद्ध रच्ने नकाबधारी
नकारात्मक भू्रणका जटायु हुँ म ।
मलाई आत्म समर्पण गर्दै स्वागत नगर
तिम्रा रम्यभूमी क्ष्यण भरमै उजाड बनाउने
नकारात्मक स्वर्ग रुपी दिग्भ्रम मिश्रित
कागले टोपी लग्यो भनि आफ्नै टाउको
नछामी कागको पछि दौडिने एउटा
कुप्रचार गर्ने जाज्वल्य भस्मासुर हुँ म ।
थाहा छैन के हो वास्तविकता अवास्तविकता
तिमी मलाई मान या नमान
मेरो आप्तवाक्य अनुसरण गर या नगर
जताततै विखण्डनको बीज छर्ने
रम्य भूलोक पुनः सिर्जना भई
हर्षाश्रुले दुःख दर्दहरु पखालिएको
दृश्य अवलोकन गर्न नसक्ने
अति रञ्जित दुराग्रही जासुस घमन्डी हुँ म ।
हृदयभरि अझँ पनि ताजा छ ती स्मृतिपटमा
हामी सँगै सुखान्त र दुःखान्तका सहयात्री बन्दै
एकले अर्काको रक्षा कवचरुपी विजयास्त्रको
रुप धारण गरि हृदयग्राही बनी
एका कार भएको साक्ष्य हुँ म ।
अब केवल मेरो ती पल विस्मृतिमा मात्रै रहे
त्यसैले बन्दै छु आज एक नकारात्मक
बीभत्स बीजाणु विख वृक्ष जसको
एक निमेष तिमी सामना गर्न सक्तैनौ
अनि समाप्त पार्दै आफ्नो सच्चा रुप
तिमीले चाहेर वान चाहेर आखिर
जे गरेर जे भएर पनि अन्ततः
अनायसै मैसँग विलीन हुन पुग्छौ र त
म अझैँ गर्वका साथ चर्चा गर्दै छु
यी भु–ब्रह्माण्ड विखण्डनकारी को
प्रमुख नाइके जघन्य अपराधी हुँ म ।
तिमी चाहे ठान अथवा नठान
अटल धरहरा उठेको मा खुशी नहुने
सारा नेपालीका शिर उठ्नु पर्छ भन्दै
एक्लो अजर अबोध गम्य गन्तव्यमा लम्कने
यी सारा सकारात्मक सन्देश सच्चायी को
विकास विरोधी हुँ म ।
हरप्रहर हुन्छ मेरै असम्भावि विजय
हुँङ्कारले गर्भिलो चौडा हुन्छ छाती तब
म जहाँ पुग्छु त्यहीँ हुन्छ मेरो जयजयकार
अब यी सारा प्रमाणको हर किस्सा खोज्ने
जिम्मा दिन्छु आखिर को हुँ म ? ।