काठमाडौं । किशोरी बलात्कारको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सप्तकोसी नगरपालिका-१ का ३९ वर्षीय उत्सव आचार्य रहेका छन् ।
उनले शुक्रवार मोरङको ग्रामथान गाउँपालिका-२ स्थित ससुरालीमा गएका बेला १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।