काठमाडौं । दोलखाको जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार गंगा कर्कीले ११ सय ९५ मतले अग्रता लिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ८१ हजार ९८ मत गणना भएको छ। एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३४ हजार ५ सय ९५ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३५ हजार ७ सय ९० मत प्राप्त गरेका छन्।
यहाँ अहिलेसम्म ३ हजार ३ सय १३ मत बदर भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीका अुनसार अहिले शैलुङ गाउँपालिकाको वडा नम्बर १ र मेलुङ गाउँपालिका २ को मतगणना जारी छ।