Online Nepal मंगलबार, बैशाख १८ २०८१

एनआईसी एशिया बैंकको नाफामा ३६ प्रतिशतले वृद्धि

एनआईसी एशिया बैंकको नाफामा ३६ प्रतिशतले वृद्धि


मध्यान्तर
  • शनिबार, माघ ७ २०७९

  • काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास पौष मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

    विवरण अनुसार बैंकले सो अवधिसम्ममा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो।

    नाफामा नबिल बैंकले उछिने पनि प्रतिशेयर आम्दानीका आधारमा भने एनआईसी एशिया नै अगाडि देखिएको छ। पुस मसान्तसम्ममा नबिल बैंकले प्रतिशेयर २५ रुपैयाँ ३३ पैसा कमाउँदा एनआईसी एशियाले प्रतिशेयर ५६ रुपैयाँ ७७ पैसा कमाएको छ।

    सो अवधिसम्ममा बैंकको कुल बजार रकम २ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ भने निक्षेप ३ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ।

     

     

    प्रतिक्रिया
    थप समाचार