काठमाडौं । सरकारी कार्यलयहरुको सबै वेबसाईटहरु डाउन भएका छन् । सर्भरमा आएको समस्याले नेपाल सरकारका सबै वेबसाइट डाउन भएका हुन् । शनिबार दिउँसोदेखि सर्भरमा समस्या देखिएको हो ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको सर्भर डाउन भएसँगै पाँचवटा वायुसेवाका उडान बन्द भएका छन् ।
अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान बन्द गर्न परेको विमानस्थलले जनाएको छ ।
उडान बन्द भएसँगै हाल सयौँ यात्रुहरू अलपत्र परेका छन् । सर्भर विग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, थाई स्माइल र नेपाल एयरलाइन्सका विमानको उडान बन्द भएको हो ।