Online Nepal मंगलबार, बैशाख १८ २०८१

क्यानका अध्यक्ष चन्दसहित ५ पदाधिकारीको राजीनामा माग

क्यानका अध्यक्ष चन्दसहित ५ पदाधिकारीको राजीनामा माग


मध्यान्तर
  • आइतबार, माघ १५ २०७९

  • काठमाडौँ । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्रि स्पोर्टस्लाई दिएर गल्ती गरेको भन्दै नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्षसहित ५ पदाधिकारीको राजिनामा मागिएको छ ।
    क्यानका ७ जना केन्द्रीय सदस्यले पत्रकार सम्मेलन गरी ती पदाधिकारीको राजीनामा मागेका हुन् ।उनीहरुले कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका छन् ।

    क्यानका केन्द्रीय सदस्यहरु ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा, धर्मराज गिरीले ती पदाधिकारीको राजीनामा मागेका हुन् । आफूहरुले सचेत गराउँदा पनि चन्द नेतृत्वले उक्त लिगको आयोजना गर्न भारतीय कम्पनीलाई दिएर गल्ती गरेको उनीहरुले आरोप लगाएका छन् ।

    उक्त प्रतियोगितामा नेपाली क्रिकेट टोलीका केही खलाडी र सेभने थ्री स्पोर्टस्का पदाधिारीसमेत स्पट फिक्सिङमा संलग्न भएको खुलेको थियो । त्यसपछि अध्यक्ष चन्दले उक्त प्रतियोगिता आयोजना गर्न सेभेन थ्री स्पोर्टस्लाई दिएर आफूहरुले गल्ती गरेको स्वीकार गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार