Online Nepal मंगलबार, बैशाख १८ २०८१

नेप्सेमा सामान्य वृद्धि

नेप्सेमा सामान्य वृद्धि


मध्यान्तर
  • बुधबार, माघ १८ २०७९

  • काठमाडौं ।  दुई दिन लगातार घटेको नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से सूचक ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा पुगेको छ। कारोबार रकम भने निकै कम देखिन्छ। यस दिन १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँ बराबरको ५० लाख २४ हजार ३८१ कित्ता शेयर कारोबार भएको छ।

    यस दिन आदर्श लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सिद्धार्थ इन्स्योरेन्सको ८.२८ प्रतिशत, इस्टर्न हाइड्रोपावरको ६.१७ प्रतिशतले बढेको छ।

    यता सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य ३.७२ प्रतिशतले घटेको छ भने मानुषी लघुवित्तको ३.२४ प्रतिशत र गुँरास लाइफ इन्स्योरेन्सको २.८३ प्रतिशतले घटेको छ।

    बुधबार नेपाल बैंकको सबैभन्दा धेरै ५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको ४ करोड ९२ लाख र एनआइसी एशिया बैंकको ४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ।

    यस दिन कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ५ उपसमूहको सूचक सकारात्मक देखिएका छन्। विकास बैंक र होटल उपसमूहको सूचक उच्च बढेको छ।

     

    प्रतिक्रिया
    थप समाचार