Online Nepal सोमबार, जेष्ठ ७ २०८१
नयाँ ऐन

चिकित्सक संघद्वारा पुनः आन्दोलनको घोषणा, आकश्मिकबाहेक सबै सेवा बन्द गर्ने चेतावनी (विज्ञप्ती सहित)

चिकित्सक संघद्वारा पुनः आन्दोलनको घोषणा, आकश्मिकबाहेक सबै सेवा बन्द गर्ने चेतावनी (विज्ञप्ती सहित)


मध्यान्तर
  • शुक्रबार, भाद्र १५ २०७५

  • काठमाडौं । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले पुनः आन्दोलन घोषणा गरेको छ ।

    सरकारले ऐनमा देखिएको विवादित दफा तथा उपदफा संशोधनमा प्रतिबद्धता जनाएपनि कुनै प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले पुनः आन्दोलन घोषणा गरेको हो ।

    संघले यहि भदौ १५ गतेसम्म सरकारलाई ऐन संसोधनको लागि समय दिंदै आन्दोलन स्थगित गरेको थियो । तर सरकारले कुनै सुनुवाइ नगरेको भन्दै संघले पत्रकार सम्मेलन गरी पुनः आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

    साथै १८ गते प्रशासनिक काम बन्द गर्ने, १९ गतेदेखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने, २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरु नै बन्द गर्ने चिकित्सक संघले बताएको छ ।

    संघले भदौ २१ गतेदेखि आकस्मिकबाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र २२ गतेदेखि माग पूरा नभएसम्म आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार