Online Nepal मंगलबार, बैशाख १८ २०८१

सामाजिक सञ्जालमा #BycottCAN अभियान

सामाजिक सञ्जालमा #BycottCAN अभियान


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • काठमाडौं । सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा समावेश गरेको भन्दै सामाजिक सञ्जालमा बाइकट क्यानु अभियान चलेको छ। केही दिन अघिबाट सुरु भएका घटनालाई लिएर क्रिकेट संघविरुद्ध सामाजिक सञ्जालमा #BycottCAN अभियान सुरु भएको हो।

    नेपाली क्रिकेट जगतमा संघका अध्यक्ष चतुरबहादुर चन्दको नाम बदनाम छ। जब टियू क्रिकेट मैदानमा कुनै खेल हुन्छ, खेल अवधिभर एक न एक पटक उनको नामको राजीनामा समर्थकले माग्ने गरेका छन्। भीआईपी प्यारापिटमा बसेर उनले खेल हेरिरहेको समयमा पनि उनलाई समर्थकले ‘भ्रष्टाचारी हो’ भन्ने आरोप लगाइरहेका हुन्छन्।

    यसबारे जानकार चन्दले आफूले राम्रो काम गर्न खोजे पनि नराम्रो मात्र देख्ने एउटा जमात रहेको बताउँदै आएका छन्। पछिल्लो समय क्रिकेट संघकै महाप्रवन्धक वृतान्त खनालले पनि एक पोडकास्टमा विवादास्पद अभिव्यक्ति दिएपछि अहिले सामाजिक सञ्जालमा उनको पनि विरोध भइरहेको छ।खासगरी नेपाल क्रिकेट संघले नेपाल टी–२० गराउनका लागि विदेशी कम्पनीलाई साझेदार बनाउँदा सरकारी निकायबाट अनुमति नलिएको लगायतका विषयका साथै स्पट फिक्सिङलगायतका विषयमा क्यानको आलोचना भएको लामै समय भइसकेको छ।

    सामाजिक सञ्जालमा अमृता लम्सालले प्रश्न गरेकी छन्, ‘हेल्लो क्यान, बलात्कार तिम्रा लागि सामान्य घटना होरु तुलसीरा भुषाल ट्वीटरमा लेख्छन्, ‘हेल्लो पिएमनेपाल (प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डल) अन्धो भा छैन होला नि। क्यान र पदाधिकारी अन्धा भएछन्।’

    अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘क्यान चलाउने चतुरको घरमा दिदी बैनीहरु छन् कि छैनन्र केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले क्यानको लोगोमा बाइकट क्यान लखेर समेत पोस्ट गर्न थालेका छन्।

    प्रतिक्रिया
    थप समाचार