काठमाडौं । सरकारले एसीसी कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
यस्तै, क्रिकेट टीमका अन्य अफिसियललाई जनही तीन लाख दिने निर्णय भएको बताइन् ।