Online Nepal मंगलबार, जेष्ठ १ २०८१

‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ पोखरेली बजारमा पनि सार्वजनिक

‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ पोखरेली बजारमा पनि सार्वजनिक


मध्यान्तर संवाददाता
  • शुक्रबार, पुष १८ २०७६

  • पोखरा । टिभीएस मोटर कम्पनी, दुई पाङग्रे र तीन पाङग्रे गाडीहरुका लागि प्रतिष्ठित निर्माताले विहिबार टिभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर पोखरामा सार्वजनिक गरेको छ ।

    यो रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै “रेस इडिसन” ले टिभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ । यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको छ ।

    टिभीएस मोटर कम्पनीका, इन्टरनेशनल बिजनेश, एक्जुकेटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले भने, “टिभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ निकै लोकप्रिय बन्न पुगेको छ । यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टिभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टिभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो । विश्वभर आज हामीसँग एनटर्कमा करिब ४ लाख भन्दा बढि गौरवान्वित युवा उपभोक्ताहरु छन् र यो सार्वजनिकसँगै अझ बढि ग्राहकहरु विकास गर्ने कुरामा हामी विश्वस्त छौं ।”

    जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ । यो स्कुटर तल्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ ।”

    टिभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ –टिभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् । सन् २०१८, सेप्टेम्बरमा सार्वजनिक भएको टिभीएस एनटर्क १२५ ले आफ्नो लक्षित ग्राहक–जेन जेड बाट निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ । यो स्कुटर स्टेट–अफ–आर्ट सिभिटिआई–आरईभिभि १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ जसले ९.४ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

    कार्यक्रममा स्वस्तिमा खड्का, टिभीएस एनटर्क १२५ की ब्राण्ड एम्बेसेडर र जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले पोखराका पहिलो १० जना ग्राहकहरुलाई टिभीएस एनटर्क १२५ रेस एडिसन हस्तान्तरण गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार