Online Nepal मंगलबार, जेष्ठ १ २०८१

स्याङ्जामा पनि बजाजको सुविधा सम्पन्न नयाँ शोरुम

स्याङ्जामा पनि बजाजको सुविधा सम्पन्न नयाँ शोरुम


मध्यान्तर संवाददाता
  • सोमबार, माघ ६ २०७६

  • काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले स्याङ्जामा अत्याधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम ‘अर्पण इन्टरप्राइजेज’ को शुभराम्भ गरेको छ । स्याङ्जामा खोलिएको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने कम्पनीले विश्वास लिएको छ । ।

    नयाँ शोरुमबाट ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने उद्देश्यले अर्पण इन्टरप्राइजेजका प्रोपाइटर अरुण श्रेष्ठलाई स्याङ्जामा डिलरसीप प्रदान गरिएको कम्पनीले जनाएको छ । बजाज, नेपालकै सर्वाधिक बिक्रि हुने विश्वाशीलो अटोमोबाइल ब्राण्ड भएकाले देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजको बिक्रीलाई थप सशक्त बनाउन सदैव लागिरहने कम्पनीले प्रतिवद्धता जनाएको छ ।

    शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने– ‘हामी स्याङ्जामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । स्याङ्जामा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

    प्रतिक्रिया
    थप समाचार