Online Nepal आइतबार, बैशाख २३ २०८१

उद्योग वाणिज्य महासंघको अपिलः अत्यावश्यक वस्तुहरू पारदर्शी एवं प्रभावकारी ढंगबाट वितरण गरौं

उद्योग वाणिज्य महासंघको अपिलः अत्यावश्यक वस्तुहरू पारदर्शी एवं प्रभावकारी ढंगबाट वितरण गरौं


मध्यान्तर
  • शुक्रबार, फाल्गुन २३ २०७६

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको त्रासका कारण उत्पन्न परिस्थितिको सामना गर्न दैनिक उपभोग्य र अत्यावश्यक वस्तुहरूको वितरणमा सहजीकरण गर्न अपिल गरेको छ । महासंघले दैनिक उपभोग्य र अत्यावश्यक वस्तुहरू औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, विक्रिवितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट सहजीकरण गर्न सम्बन्धित सवैमा अपिल गरेको हो ।

    अत्यन्त कठिन परिस्थितिमा पनि जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्दै आएको निजी क्षेत्रको प्रतिष्ठा कायम राख्न र अत्यावश्यक वस्तुहरूको व्यवस्थापन, विक्रिवितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गरी आम जनतालाई सेवा दिन महासंघ आफ्ना सदस्य संघ/संस्था, उद्योग प्रतिष्ठानहरू/उद्यमी व्यवसायीहरूलाई आव्हान गरेको छ ।

    महासंघको अपिलमा भनिएको छ– ‘यतिखेर विश्वभरीनै उद्योग व्यवसाय खासगरी सेवा क्षेत्रका पर्यटन उद्योग, औषधिजन्य उद्योगहरूमा यसको असर पर्ने र विस्तारै अन्य उद्योगहरूमा समेत गम्भीर समस्या पर्दै जाने र त्यसको प्रभाव नेपालमा समेत पर्ने अनुमान गर्न सकिन्छ । यस कठिन परिस्थितिमा हामी सबै उद्योग व्यवसाय/उद्योगी व्यवसायी क्षेत्रले आ–आफ्नो ठाउंबाट भोलि आउन सक्ने विपत्ति समेतलाई दृष्टिगत गर्दै आ–आफ्नो भूमिका प्रभावकारी ढंगबाट निर्वाह गर्नुपर्ने वेला आएको तर्फ नेपाल उद्योग वाणिज्य महासंघ सम्बन्धित सबै उद्योगी व्यवसायीहरूको गम्भीर ध्यानाकर्षण गराउंदछ ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार