Online Nepal शनिबार, बैशाख २९ २०८१

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीहरुलाइ ब्याजमा २० प्रतिशत छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीहरुलाइ ब्याजमा २० प्रतिशत छुट


मध्यान्तर
  • शुक्रबार, साउन १६ २०७७

  •  

    सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीहरुले ब्याजमा २० प्रतिशत छुट पाउने भएका छन् ।

    बैंकले कोभिड–१९ महामारीबाट उक्त डेभलपमेन्ट बैंकका सेवाग्राही (ऋणी)हरूलाई परेको असरको मूल्यांकन गर्दै यस डेभलपमेन्ट बैंकले आफ्ना सेवाग्राही (ऋणी) का लागि श्रावण महिनाको ब्याज रकममा २०% छुटको आकर्षक योजना ल्याएको जानाएको छ ।

    बैंकका सेवाग्राही (ऋणी) महानुभावहरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गर्दा श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने छ ।

    बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले ऋणीहरुलाई हालको एस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
    बैंकले मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत सेवा दिइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार