Online Nepal शनिबार, बैशाख २९ २०८१

नबिल बैंकको डीजीएममा ज्ञवाली नियुक्त

नबिल बैंकको डीजीएममा ज्ञवाली नियुक्त


मध्यान्तर संवाददाता
  • बिहिबार, साउन २२ २०७७

  • काठमाडौं । नबिल बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम)मा ज्योति बिकास बैंक का पुर्ब सिइओ बैंकर मनोज ज्ञवाली नियुक्त भएका छन् । नवनियुक्त डीजीएम ज्ञवालीले आजैदेखि आफ्नो कार्यभार समालेेका छन् ।

    उनले गत बैशाख ११ गते ज्योति विकास बैंककाे सीईओ पदबाट राजिनामा दिएका हुन् । उक्त बैंकमा २ वर्षकाे कार्यकाल बाँकी छँदै उनी बाहिरिएका हुन् ।

    चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा लामो अनुभव  रहेकाे छ । करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत काम गरेका ज्ञवालीले करिव ८ वर्ष बिभ वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन् ।

    त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्षमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ।

    प्रतिक्रिया
    थप समाचार