Online Nepal आइतबार, बैशाख २३ २०८१

एनआईसी एसिया बैंकको कोरोना कोषमा १करोड ७ लाख सहयोग

एनआईसी एसिया बैंकको कोरोना कोषमा १करोड ७ लाख सहयोग


मध्यान्तर
  • मंगलबार, भाद्र २ २०७७

  • काठमाण्डौ । एनआईसी एसिया बैंकले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण  रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड ७ लाख ५९ हजार सहयोग प्रदान गरेको छ।

    कोरोना महामारीको यो असाधारण समयमा मुलुकको हित रक्षाका लागि आआफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको बैंकले जनाएको छ।

    बैंकले यसअघि समेत आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै देशका सातै प्रदेश सरकारलाई रू. १५÷१५ लाख गरी कुल रू १ करोड ५ लाख रकम प्रदान गरिसकेको छ। उक्त सहयोग रकममा बैंकका तर्फबाट रु १० लाख र कर्मचारीका तर्फबाट रू. ५ लाख समावेश गरी रू. १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो। यसका साथै बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरू लगायत विभिन्न प्रादेशिक तथा स्थानीय सरकार सँगको सहकार्यमा करिब रु. ४८ लाख बराबरको  खाद्यान्न सामग्रीसमेत वितरण गरिसकेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार