Online Nepal आइतबार, बैशाख २३ २०८१

लिवर्टी इनर्जी कम्पनीको आईपिओ आजबाट

लिवर्टी इनर्जी कम्पनीको आईपिओ आजबाट


मध्यान्तर
  • बुधबार, भाद्र ३ २०७७

  • काठमाडौं। लिवर्टी इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजबाट सेयर निष्कासन गरेको छ। कम्पनीले ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर बिक्री खुला गरेको हो।

    कम्पनीको सेयरमा छिटोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिन्छ।  र आवेदन कम परेमा  ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिन सकिने छ।

    कम्पनीले यस अघि  साउन २१ गतेसम्म स्थानीयलाई आइपिओ बिक्री गरी साउन २४ गते बाँडफाँटसमेत गरिसकेको छ। स्थानीयलाई बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गरेको हो। कम्पनीले जारी पुँजीको २५ प्रतिशत वा  ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाहरुको लागि निष्कासन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सर्वासाधारणलाई आइपिओ निष्कासन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ। अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिने छ। कम्पनी रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था एकदम कमजोर रहेको बुझिन्छ ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ८ वर्ष र डिस्काउन्ट लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ। कम्पनीको आइपिओमा सी-आस्वा सदस्य भएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।

    कम्पनीको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार