Online Nepal आइतबार, बैशाख २३ २०८१

एटीएममा प्रयाप्त पैसा राख्नु : राष्ट्र बैंक

एटीएममा प्रयाप्त पैसा राख्नु : राष्ट्र बैंक


मध्यान्तर
  • बुधबार, भाद्र ३ २०७७

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्का एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेेपछि बैंक तथा वित्तीय संस्थाले एटिएममा रित्तै राख्नथालेपछि राष्ट्र बैंकले त्यसो नगर्न निर्देशन दिएको छ ।

    राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै हरेक एटिएममा पैसा भए/नभएको राम्रोसँग अनुगमन  गर्न समेत निर्देशन दिएको छ । शुल्क नलाग्ने व्यवस्था गरे पछि बैंकहरुले एटिएममा पैसा नै राख्न छाडेको गुनासो बढेपछि राष्ट्र बैंकले एटिएममा पैसा नराख्ने र कम राख्ने बैंकहरुलाई कारबाही गर्ने भएको छ ।

    त्यसैगरी राष्ट्र बैंकले कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता गरी आफ्ना ग्राहकलाई सम्भव भएसम्म विद्युतीय कारोबारलाई बढी प्राथामिकता दिन भनेको छ ।

     त्यस्तैअत्त्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, ट्रिटि, प्रतितपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई भनेको छ ।  साथै   आफ्ना कर्मचारीलाई आलोपालो गरेर कार्यालय बोलाउन समेत निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार