Online Nepal आइतबार, बैशाख २३ २०८१

निषेधाज्ञामा कडाई भएपछी उपत्यकाका बैंकहरु आज बन्द

निषेधाज्ञामा कडाई भएपछी उपत्यकाका बैंकहरु आज बन्द


मध्यान्तर
  • बिहिबार, भाद्र ४ २०७७

  • काठमाडौं । निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई  आवतजावत गर्न समेत रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखाहरु नखोल्न निर्देशन दिएको छ ।

    नेपाल  बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज बैंक नखोल्न भनिएको बताए । उनका अनुसार  ‘प्रहरीले हाम्रा कर्मचारीलाई दुःख दिए त्यसैले मैले आज बैंक नखोल्न भनेको छु ।’ उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् । केहि  बैंकका सीईओलाई समेत बाटैमा रोकिएको बैंकर्सहरु बताउँछन् ।

    नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले भने, ‘प्रशासनको ससमन्वयमा  हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति भएको थियो । बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको थियो तर बिहान बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकियो ।’

    ट्राफिक प्रहरीले भने आफूहरुले माथिको आदेश बमोजिम काम गरिरहेको बताए । बैंकका सीईओलगायतको गुनासो आएपछि सहजीकरण गरिरहेको पनि उनीहरुले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार