Online Nepal शनिबार, बैशाख २९ २०८१

एनएमबी बैंक र कन्चन बिकास बैंकको एकीकृत कारोबार आजबाट शुरु

एनएमबी बैंक र कन्चन बिकास बैंकको एकीकृत कारोबार आजबाट शुरु


मध्यान्तर
  • आइतबार, भाद्र ७ २०७७

  • काठमाण्डौ। एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरि आज  बाट एकीकृत वित्तीय कारोबारको शुरु गरको छ।प्राप्ति पश्चात बैंकको नाम “एनएमबि बैंक लि.” नै रहने छ भने रजिष्ट्रर्ड/मुख्य कार्यालय साविककै बबरमहल काठमाडौंमा रहेको छ।

    प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड रुपैयाँ तथा जगेडा कोषको आकार ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

    एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड  समेत बलियो रुपमा स्थापति हुने जनाइएको छ। जसले शहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पुरयाउने  बैंकको दिगो लक्ष्य प्राप्त गर्न सरोकारवालासंगको सहकार्यलाई अघि बढाउन  समेत मद्दत गर्ने बताइएको छ।

    कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ।

    प्रतिक्रिया
    थप समाचार