Online Nepal आइतबार, बैशाख १६ २०८१

एनआईसी एसिया बैंकको ७.७५ प्रतिशतमा सेयर कर्जा

एनआईसी एसिया बैंकको ७.७५ प्रतिशतमा सेयर कर्जा


मध्यान्तर
  • सोमबार, भाद्र २९ २०७७

  • काठमाडौं । एनआईसी एसिया बैंकले न्यूनतम ब्याजदरमा सेयर धितोमा राखेर कर्जा  प्रदान गर्ने भएको  छ । बैंकले  वार्षिक ७.७५ प्रतिशतमा सेयर धितो कर्जा प्रदान गर्ने जनाएको हो  । बैंकले यो नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदरको कर्जा भएको दाबी गरेको छ।

    नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर बैंकमा धितो राखेर १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यस योजना अन्तर्गत न्यूनतम १ करोड देखि अधिकतम १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सकिने र ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने बैंकले जनाएको छ । बैंकले आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको  ४८ घण्टाभित्र नै कर्जा दिने पनि जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार