Online Nepal शनिबार, बैशाख २९ २०८१

एन आई सी एशिया बैंकद्वारा ग्राहकमैत्री सहुलियत योजनामा सहभागि हुन आह्वान, अब ९ दिन मात्रै बाँकी

एन आई सी एशिया बैंकद्वारा ग्राहकमैत्री सहुलियत योजनामा सहभागि हुन आह्वान, अब ९ दिन मात्रै बाँकी


मध्यान्तर
  • बिहिबार, असोज २२ २०७७

  • काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले कोभिड–१९ को मारमा परेका आफ्ना ऋणीहरूको असर न्यूनीकरण गर्न ग्राहकमैत्री सहुलियत योजनामा सहभागि हुन आह्वान गरेको छ । बैंकले २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजनामा सहभागि हुन आफ्ना ऋणी ग्राहकहरुलाई आह्वान गरेको हो ।

    बैंकले ल्याएको योजना अनुसार कुनै रू. १ करोडको कर्जा वार्षिक १२ प्रतिशत ब्याजदरमा उपभोग गरिरहेको ग्राहक छ भने उसले वर्षमा रू. ३ लाख रकम बराबरको लाभ लिन सक्ने जनाएको छ । योजना अनुसार उक्त लाभ भनेको ग्राहकले बैंकमा चुक्ता भुक्तान गर्ने ब्याज रकममा २५ प्रतिशतको लाभ लिनु हो । बैंकले यस असाधारण समयमा आफ्ना ग्राहकहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले धेरै लाभ हुनेगरी यो योजना ल्याएको जनाएको छ ।

    यस योजनामा सहभागी हुन अब मात्र ९ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउनु हुन बैंकले सम्पूर्ण योग्य ऋणीहरूमा आह्वान गरेको छ । बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने जनाइएको छ ।

    बैंकले यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवयसश्यकतालाई हरसम्भव सम्बोधन गर्न आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको उल्लेख गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को वैशाख, जेष्ठ र आषाढ महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियत सम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीले करिब रू.३ अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेको जानकारी समेत गराएको छ ।

    हाल बैंकले आश्विन महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त यस विषम परिस्थिति पश्चात् ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया
    थप समाचार