Online Nepal शनिबार, बैशाख २९ २०८१

सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० अनुपातमा इन्भेस्टमेन्टले गाभ्ने

सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० अनुपातमा इन्भेस्टमेन्टले गाभ्ने


मध्यान्तर
  • बुधबार, असोज २८ २०७७

  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले असोज बुधबार बैंकको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा  भर्चुअल माध्यमबाट  साधारण सभा सम्पन्न गरेको छ । “क” वर्गको वाणिज्य बैंकहरुमध्ये अग्रणी बैंकको रुपमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकले “ग” वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने  प्रयोजनकालागि सो साधारण सभा गरेको छ  । । यस विशेष साधारण सभाबाट सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर दिने शेयर स्वाप अनुपातमा सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । ४० करोड चुक्ता पूँजी रहेको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १४.३७ अर्ब हुनेछ र प्रवद्र्धकहरुको शेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु शेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ । नेपाल इन्भेष्टमेण्ट बैंकको हाल ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ्ग काउन्टरहरू रहेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ

    प्रतिक्रिया
    थप समाचार