Online Nepal सोमबार, बैशाख २४ २०८१

यसपटकको दसैं बिदामा बैंकहरु नखुल्ने

यसपटकको दसैं बिदामा बैंकहरु नखुल्ने


मध्यान्तर
  • मंगलबार, कार्तिक ४ २०७७

  • काठमाडौं । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण  यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन्  । कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने छन् । नेपाल बैंकर्स संघले मंगलवार सूचना जारी गर्दै दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने जनाएको छ । बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।
    बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र  ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले  संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमा जोड दिन संघले अनुरोध समेत गरेको छ ।
    यस्तो छ बैंकर संघको   सूचना 

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार