Online Nepal आइतबार, बैशाख २३ २०८१

जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन


मध्यान्तर
  • बुधबार, कार्तिक ५ २०७७

  • काठमाडौं । प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय रुपन्दैहीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिकास्थित– ५ स्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको हो । काउण्टरबाट मिति २०७७ कार्तिक ५ गते (आजै)देखि कारोबार सुरु भएको बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो । बैंकको एक्स्टेन्सन काउण्टर संचालन भएपछि जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

    प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९४ वटा एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार